फिदिम । नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङदेम्बेले नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) कांग्रेसको फेरो समातेर चुनाव जित्न खोजिरहेको वताउनुभएको छ ।
नेपाली कांग्रेस इलाम निर्वाचन क्षेत्र नम्बर १ प्रदेश सभा (ख) ले बुधबार आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले माओवादी र एकीकृत समाजवादी कांग्रेससँग गठबन्धन गरेर चुनाव जित्ने दाउमा रहेको वताउनुभएको हो । तर उहाँले इलामका कांग्रेसी मतदाताहरूले आफ्नै उमेदवारलाई भोट हाल्न पाउने प्रष्ट पार्नुभयो । सहमहामन्त्री आङ्देम्बेले फेरि चुनावी गठबन्धन भएर एकीकृत समाजवादीका झलनाथ खनाललाई इलामका जनताले भोट हाल्नुपर्ने त्रास नपाल्न आग्रह गर्नुभयो ।
“गठबन्धनको नाममा झलनाथ खनाल आउने भन्ने चिन्ता साथीहरूलाई छ । तपाईंहरूलाई लागेजस्तो उहाँलाई कांग्रेसले बोक्दैन”, उहाँले भन्नुभयो, “यो वा त्यो नाममा झलनाथ खनाल चुनाव लड्न आउनुहुन्न यो दिवास्वप्न हो । यो लेखेर राख्नुहोस् कि उहाँलाई तपाईंहरूले भोट हाल्नु पर्दैन, यो मेरो बचन भयो।” उहाँले जतिसुकै ठूलो भए पनि कम्युनिस्टले जनताको दुःखलाई कहिल्यै नबुझ्ने दाबी गर्नुभयो ।
प्रतिक्रिया