पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

महंगीमाथि मंहगी थोपरेर सरकारले जनताको ढाड भाँच्ने काम गर्योः प्रवक्ता लावती

चिन्तन खबर

पाँचथर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता सगुन सुन्दर लावतीले महंगीमाथि मंहगी थोपरेर सरकारले जनताको ढाड भाँच्ने काम गरेको आरोप लगाउनुभएको छ ।

तुम्वेवा गाउँपालिकाको मौैवामा पालिका स्तरीय कार्यकर्ता भेलालाई संम्बोधन गर्दै लावतीले डिजेल पेट्रोल मात्र नभएर, प्रत्येक उपाभोग्य सामाग्रीको बजार भाउ आकाशिएको बताउनु भएको हो । उहाँले भन्नुभयो– तीन तहमा लादिएको करको भार त छँदै थियो, अब त दिनानुदिन बढ्दो महंगीले आम जनजीवन कष्टप्रद बनेको छ ।

‘अहिलेको अवस्थामा आम नागरिकको दैनिकी कहाली लाग्दो छ । तर जनताद्वारा जनताका लागि निर्वाचित जनताको सरकार कानमा तेल हालेर बसेको छ, केवल मुकदर्शक भएर बसेको छ,’ उनले भने ।

समाजको हरेक तहमा भ्रष्टाचारले जरा गाडेकोमा चिन्ता प्रकट गर्दै राप्रपा नेता लावतीले भ्रष्टाचार नियन्त्रण गर्नमा सरकार पूर्ण असफल रहेको बताए ।