Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
सुख्खा ग्रस्त तुम्वेवाः पानिको स्रोत पहिचान नगरी आहाल तयार, सरकारी अनुदानको बेहाल « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

सुख्खा ग्रस्त तुम्वेवाः पानिको स्रोत पहिचान नगरी आहाल तयार, सरकारी अनुदानको बेहाल

विपुल अधिकारी

पाँचथर । पाँचथरको सुदूर दक्षिण भेगमा पर्ने स्थानीय तह हो तुम्बेवा गाउँपालिका । यो पालिकाका धेरै स्थान सुख्खा ग्रस्त छन् ।

यो क्षेत्रमा पानीको हाहाकारनै हुने गर्छ । पानिको जोहो गर्न यहाँका मानिसहरु पानि जम्मा गरेर राख्छन् । तीन तहकै सरकारले यहाँ विभिन्न योजनाहरु ल्याउने गरेको छ । पानिको जोहो गर्न विभिन्न वडामा पानि पोखरी (आहाल) निर्माणका लागि बजेट नै छुट्याउने गरेका छन् ।

यहाँका प्राय जसो मानिसहरुले पानि जम्मा गरेर उपभोग गर्ने गर्छन । शुद्ध खानेपानी, गाई बस्तुका तथा बालिनालिका लागि पानि लिन घण्टौं हिडेर बोकेर ल्याउनु पर्ने बाध्यता यहाँका स्थानीयहरुमा छ ।

तत्कालका लागि गाई बस्तु तथा लागि तुम्वेवा गाउँपालिकाले २०८१/०८२ मा विभिन्न वडामा बजेट छुट्याएर विभिन्न वडामा आहाल निर्माण गरेको छ । आहाल निर्माण भए पनि पानि भने जम्मा नभएको स्थानीयहरुले गुनासो गरेका छन् ।

पानिको स्रोतनै नभेटिएकाले आहालमा पानि भने जम्मा गर्न नसकिएको जनप्रतिनिधिले भन्ने गरेका छन् । यस पटकको बाढी पहिरोले त झनै कष्टकर बनाएको वडा अध्यक्षहरु बताउछन् ।

तुम्वेवा गाउँपालिकाको वडा नम्बर ३ स्थित विजुली भञ्ज्याङ आहाल निर्माण्का लागि करिव ४ लाख रुपैँयामा विनियोजन भएको थियो । तर, अहिले यो आहालमा पानि जम्मा हुन सकेको छैन । आहालमा अहिले झार उम्रिएको छ ।

तुम्वेवा गाउँपालिकाको वडा नम्बर ३ स्थित विजुली भञ्ज्याङ आहाल, आहाल तयार भएपनि प्रयोगमा आएको छैन । झार उम्रिएर बेहाल अवस्थामा छ । तस्वीरः चिन्तनखबर

आहाल निर्माण भएपछि पानि जम्मा होला र उपभोग गर्न पाइएला भन्ने आशा गरेका स्थानीयहरु यतिबेला काकाकुलनै भएका छन् । ठुलो आशा बोकेका स्थानीयहरु निराश बन्नु परेको गुनासो गर्छन् ।

वडा नम्बर ३ का वडा अध्यक्ष नरध्वज लावतीले यस विषयमा आफुहरु गम्भिर भएको बताउनुभएको छ । उहाँले भन्नुभयो– “हामीले तमोर लिफ्टीङको ठुलो आशाले आहाल तयार पार्यौं तर यस पटकको बाढीले तमोर लिफ्टीङनै बगाएर भताभुङ्ग पारिदियो । हामी पानिको स्रोत खोजि गरिरहेका छौं ।”

त्यस्तै पालिकाको वडा नम्बर २ स्थित मिक्तोक चोकमा पनि आहाल निर्माण भएर पानि जम्मा हुन नसेपछि स्थानीयहरुले गुनासो गरेका छन् । यहाँ पनि करिव साढे चार लाख रुपैंयाँमा पानि आहाल निर्माण भएको थियो । यहाँ निर्माण भएको आहाललाई अहिले फुटवल ग्राउण्ड बनाइएको छ । आहालमा पानि जम्मा गर्नुको साटो फुटवल ग्राउण्ड बनाएको भन्दै स्थानियहरुको व्यापक गुनासो छ ।

वडा नम्बर २ स्थित मिक्तोक चोकमा निर्माण भएको आहाल अहिले यहाँ फुटवल खेल्ने ग्राउण्ड बनाइएको छ । तस्वीरः चिन्तन खबर

 

तर, पानिको स्रोतको अभावले नै यहाँ पानि जम्मा हुन नसेको वडा अध्यक्ष धन लावती स्वयम गुनासो गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ– “आहाल निर्माण भइसकेको छ । हामी पानिको स्रोतको खोजिमा छौं । बर्खे पानि जम्मा गर्ने, आन्तरिक स्रोतहरुबाट पानि जम्मा गर्ने तयारी थियो तर, यस पटकको बाढी पहिरोले सबै तहसनहस भएको छ । हामीले पानिको स्रोत पहिचानका लागि काम तिब्र रुपमा काम अघि बढाएका छौं । मन्त्रालय लगायत सम्बन्धित ठाउँमा आवश्यक खर्चका लागि पनि अनुरोध गरेका छौं ।” उहाँले वडाको तीन स्थानमा आहाल तयार पारेको र एउटा आहालमा अलिअलि जम्मा गर्न सकिएको बताउनुभएको छ ।
यहाँका सरोकारवाहालाहरु भने सरकारबाट अनुदान लिएको रकम जथाभावि प्रयोग भएको गुनासो गर्छन् । यहाँ पहिले नै पानिको स्रोत पत्ता नलगाई आहाल निर्माण भएको उहाँहरुको गुनासो छ । वडाहरुले बजेट आउना साथ पानिको स्रोत पहिचानको सट्टा आहाल निर्माण गरिहाल्ने परिपाटीले सरकारी अनुदानको दुरुपयोग भएकोे स्थानीयहरुको गुनासो छ ।