कांग्रेस केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने बैठकमा कांग्रेसका म्याद समाप्त भएका भातृ एवं शुभेच्छुक संस्था, अधिवेशन हुन बाँकी १६ जिल्ला कार्यसमिति, स्थानीय तह निर्वाचनको तयारीलगायत विषयमा छलफल हुने पार्टी कार्यालयले जनाएको छ।
बैठकमा स्थानीय तह निर्वाचनको तयारी, भ्रातृ एवं शुभेच्छुक संस्था, अधिवेशन हुन बाँकी १६ जिल्लाका विषयमा छलफल हुने जनाइएको छ ।
आज बस्ने बैठकको तयारीका बिषयमा मङ्गलबार र बुधबार कांग्रेस पदाधिकारीबीच आन्तरिक छलफल भएको थियो ।बैठकमा कोभिड-१९ को महामारीका कारण स्थगित १६ जिल्लाको अधिवेशन सम्पन्न गराउने र पार्टीका भातृ तथा शुभेच्छुक संस्थाहरुलाई गतिशील बनाउने विषयमा पनि छलफल हुने प्रवक्ता महतले बताए ।
स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते गर्ने निर्णय सरकारले गरेको छ । कांग्रेसले हालै ३७ सदस्यीय कार्यसम्पादन समिति गठन गरेको थियो । समितिको यो पहिलो बैठक हो ।
प्रतिक्रिया