काठमाडौं । सत्तारुढ दलहरुले महानगरको भागबण्डा टुंग्याएका छन् । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठको निर्णय अनुसार माओबादीलाई भरतपुर महानगरपालिका परेको छ ।
बैठकको निर्णयअनुसार काठमाडौं, ललितपुर र विराटनगर कांग्रेसको भागमा परेको छ भने जसपाले वीरगञ्ज महानगरपालिका पाउने भएको हो । पोखरा महानगरपालिका एकीकृत समाजवादीको भागमा परेको छ ।
प्रतिक्रिया