काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठब बस्दैछ । बैठकमा स्थानीय तहको निर्वाचनमा देशका ६ महानगर र ११ उपमहानगरपालिकाका उम्मेद्वारबारे छलफल हुने छ ।
एमाले उपमहासचिव विष्णु रिमालका अनुसार आज दिउँसो बस्ने बैठकमा उम्मेदवारको मापदण्डबारे छलफल हुने छ ।
मूलतः बैठक स्थानीय तह निर्वाचनका उम्मेदवार र प्रतिस्पर्धी दलविरुद्ध अपनाइने रणनीतिमा केन्द्रित हुने रिमालले जानकारी दिनुभयो ।
सत्ता गठबन्धनले भागबण्डा मिलाएको भोलीपल्ट आज एमालेको बैठक बस्न लागेको हो ।
प्रतिक्रिया