ताप्लेजुङ । नेपाली कांग्रेसका पूर्व जिल्ला उपसभापति र फक्ताङलुङ गाउँपालिका कार्यसमितिका सभापति नेकपा (एमाले)मा प्रवेश गर्नुभएको छ ।
पूर्व उपसभापति मणी लाबुङ र गाउँपालिका कार्यसमिति सभापति भद्र बोखिमको टीम एमालेमा प्रवेश गरेको हो । शनिबार इखाबुमा आयोजित कार्यक्रममा उहाँहरुलाई एमालेका सचिव योगेश भट्टराईले पार्टीमा स्वागत गर्नुभएको एमाले फक्ताङलु गाउँपालिका कमिटीका सचिव वीरेन्द्र दाहालले जानकारी दिनुयभो । उहाँका अनुसार नेकपा (माओवादी केन्द्र)बाट निमा शेर्पाको टीम पनि प्रवेश गरेको छ ।
नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्षको उम्मेदवारका आकांक्षी रहेका बोखिम गठबन्धनका कारण फक्ताङलुङ गाउँपालिका माओवादी केन्द्रको भागमा परेपछि रुष्ट हुनुहुन्थ्यो । उहाँहरुले सत्ता गठबन्धनको निर्णयपछि पार्टीबाट राजीनामा दिनुभएको थियो ।
प्रतिक्रिया