पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पाँच दलको गठबन्धन फुटेको हाँडी होः पूर्वमन्त्री सम्बाहाम्फे

चिन्तन खबर

यासोक । पूर्वमन्त्री एवं नेकपा (एमाले)का केन्द्रीय सदस्य डम्बरसिंह सम्बाहाम्फेले सत्तारुढ पाँच दलीय गठबन्धनलाई फुटेको हाँडीको सङ्ज्ञा दिनुभएको छ ।

एमाले कुम्मायक गाउँपालिकाको चुनावी सभालाई सम्बोधन गर्दै सम्बाहाम्फेले एक पटक फुटेको हाँडीलाई जोड्न नसकिने भन्दै गठबन्धन नामको हाँडी फुटेपछि जोड्न नमिल्ने वताउनुभयो । जनताका एजेण्डा विर्सेर सिमित नेताहरुको स्वार्थ र इच्छा पूर्ती गर्न गठबन्धन गरेर गठबन्धनका दलहरुले चुनाव चिन्ह किनबेच गरेको उहाँको भनाई छ ।

उहाँले सिमित नेताको स्वार्थले नीति, विचार, कार्यक्रम र वर्ग नै नमिल्ने पार्टीको चुनाव चिन्हमा आफ्नो पार्टीको मूल्य र मान्यता विर्सेर चुनाव लड्नु लज्जास्पद भएको उहाँको भनाई छ ।

“निर्वाचन आयोगले जुन पार्टीको चिन्हमा चुनाव जितेको छ, सोही पार्टीको जनप्रतिनिधिको प्रमाणपत्र दिन्छ”, सम्बाहाम्फेले भन्नुभयो, “यस्तो अवस्थामा पार्टी कहाँ रह्यो ? सिद्धान्त र नैतिकता कहाँ बच्यो ?” ।

गठबन्धनले जनताको व्यक्तिगत स्वतन्त्रता समेत कुण्ठित गरेको र महिला प्रतिनिधित्वलाई कटौती गर्ने प्रयास गरेको भन्दै उहाँले नेकपा (एमाले)ले जनताको समर्थन र साथको बलमा गठबन्धनका यस प्रकारका सबै प्रयासलाई परास्त गर्ने वताउनुभयो ।