Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
गठबन्धनले खुम्च्यायो नेतृत्व तहमा महिला प्रतिनिधित्व « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

गठबन्धनले खुम्च्यायो नेतृत्व तहमा महिला प्रतिनिधित्व

विपुल अधिकारी

फिदिम । स्थानीय तहको निर्वाचनमा गठबन्धन गरी मुख्य पदमा पुरुषले मात्रै उम्मेदवारी दिँदा पाँचथरमा महिला प्रतिनिधित्व कमजोर भएको छ ।

अघिल्लो स्थानीय तहको निर्वाचनमा जिल्लाका आठ मध्ये सात स्थानीय तहको उपप्रमुखमा महिला निर्वाचित भएकामा यस पटक दुई स्थानमा मात्रै महिला निर्वाचित भएका छन् । यस्तै अघिल्लो पटक दुई वडाको वडाध्यक्षमा महिला निर्वाचित भएकामा यस पटक महिला वडाध्यक्षको सङ्ख्या शून्य हुन पुगेको छ ।

सत्तारुढ गठबन्धनका दलहरुले लैङ्गिक समावेशिताको सवाललाई ध्यान नदिनु र गठबन्धन इतरका दलका उम्मेदवारहरु धेरै स्थानमा निर्वाचित हुन नसक्दा स्थानीय तहको नेतृत्वदायी पदमा महिला सहभागिता कमजोर बनेको हो । प्रथम स्थानीय तहको निर्वाचनबाट पाँचथरको आठ मध्ये सात स्थानीय तहमा महिला उपप्रमुख निर्वाचित भएका थिए ।

दिम नगरपालिकामा उर्मिला प्रधान श्रेष्ठ उपप्रमुख निर्वाचित हुनुभएको थियो भने याङवरक गाउँपालिकामा कमलकुमारी योङहाङ, हिलिहाङ गाउँपालिकामा सुमित्रा उप्रती सेढाईं, फालेलुङ गाउँपालिकामा हिमा अधिकारी, फाल्गुनन्द गाउँपालिकामा देवित्राकुमारी आङदेम्बे, कुम्मायक गाउँपालिकामा सीता आचार्य र मिक्लाजुङ गाउँपालिकामा उर्मिला राई उपाध्यक्ष निर्वाचित हुनुभएको थियो । जिल्लाको तुम्बेवा गाउँपालिकामा मात्रै अध्यक्ष र उपाध्यक्ष दुवै पदमा पुरुष निर्वाचित भएका थिए ।

तर हालै सम्पन्न निर्वाचनबाट पाँचथरका दुई गाउँपालिकाको उपाध्यक्षमा मात्रै महिला निर्वाचित भएका छन् । जिल्लाको याङवरक गाउँपालिकाको उपाध्यक्षमा नेकपा (एमाले)की बाबा मेन्याङ्बो र हिलिहाङ गाउँपालिकाको उपाध्यक्षमा सुमित्रा उप्रेती सेढाईं निर्वाचित हुनुभएको छ । बाँकी छ वटै स्थानीय तहको प्रमुख र उपप्रमुखमा पुरुष निर्वाचित भएका छन् ।

जिल्लाका सात स्थानीय तहको प्रमुख र छ स्थानीय तहको उपप्रमुख जितेको सत्तारुढ गठबन्धनले कुनै पनि स्थानीय तहमा महिलालाई मुख्य पदमा उम्मेदवार बनाएको थिएन । प्रतिस्पर्धी दल एमालेले फिदिम नगरपालिका बाहेकका स्थानमा गाउँपालिकाको उपाध्यक्षमा महिला उम्मेदवार उठाएको थियो । तर दुई स्थानमा बाहेक अन्यत्र महिला निर्वाचित हुन सकेनन् ।

लैङ्गिक समावेशीकरण र समावेशी प्रतिनिधित्व आवाज उठाउने दलहरुले नै आफ्नो दलको जितका लागि यी सवाललाई चर्चाको विषय समेत बनाएनन् । प्रतिस्पर्धी मत हाँसिल गर्न नसकेका जनता समाजवादी पार्टी, नेकपा (माले), राष्ट्रिय प्रजातन्त्र पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, मंगोल नेशनल अर्गनाइजेसन लगायत दलहरुले महिलालाई मुख्य पदको उम्मेदवार त बनाए, तर विजयी गराउन सकेनन् ।

पाँचथरमा अघिल्लो पटक फिदिम नगरपालिका–१० को वडाध्यक्षमा वीरहाङ्मा थाम्सुहाङ र फालेलुङ–६ को वडाध्यक्षमा सुजता बान्तवा राई निर्वाचित हुनुभएको थियो । फालेलुङकी राईले कार्यसम्पादन र विकास निर्माणमा उल्लेख्य प्रगति गरेको भनि प्रसंशा पनि भयो । यी दुवै वडामा अहिले पनि मुख्य दलबाट महिला उम्मेदवार नै थिए, तर विजयी हुन सकेनन् ।

फिदिम–१० मा गठबन्धनबाट थाम्सुहाङ पुनः वडाध्यक्षको उम्मेदवार रहनुभएको थियो । तर थाम्सुहाङ ५८ मतले एमाले–राप्रपाका उम्मेदवार ओमराज थाम्सुहाङसँग पराजित हुनुभयो । फालेलुङ–६ मा पनि एमालेकी पनिता राई वडाध्यक्षको उम्मेदवार हुनुहुन्थ्यो । तर गठबन्धनका अमरवीर राईसँग ४२ मतको अन्तरले पराजित हुनुभयो ।

जिल्लामा जिल्ला समन्वय समिति गठनका लागि गठबन्धनसँग प¥याप्त मत छ । जसकारण जिल्ला समन्वय समितिको उपप्रमुख समेत महिलाले पाउने सम्भावना निकै न्यून छ । जिल्लाका केही वडाहरुमा दुई खुल्ला सदस्यमा समेत महिलाहरु निर्वाचित भएका छन् ।

स्थानीय कार्यपालिकामा महिलाका निर्धारित कोटा बाहेकमा महिला प्रतिनिधित्वको सम्भावना समेत कम छ । महिला प्रतिनिधित्व ह्वात्तै घटेपनि यस विषयमा महिला नेतृहरुले दह्रिलो आवाज उठाउन सकेका छैनन् ।