काठमाडौं । पछिल्लो विवरण अनुुसार नेपालमा डेङ्गुबाट संक्रमण हुनेका संख्या २५ हजार नाघेको छ । त्यस्तै अहिलेसम्म ३२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
जसमा संक्रमितमध्ये धेरै वागमती प्रदेशमा १९ हजार ९१० केस देखिएको मन्त्रालयको विवरणमा छ ।
लुम्बिनीमा २ हजार ८ सय ८७, सुदूरपश्चिममा ८ सय ०४, प्रदेश १ मा ७ सय ७५, गण्डकीमा ५५६, मधेश प्रदेशमा ३ सय ८०, कर्णालमा २ सय ३१ जनामा संक्रमण देखिएको छ । त्यसैगरी डेंगु संक्रमणबाट हालसम्म ३२ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया