Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
एमिलियानो मार्टिनेज : अर्जेन्टिनालाई विश्वविजेता बनाउन निर्णायक गोलरक्षक « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

एमिलियानो मार्टिनेज : अर्जेन्टिनालाई विश्वविजेता बनाउन निर्णायक गोलरक्षक

चिन्तन खबर

काठमाडौं । आइतबार फिफा विश्वकपको अविश्वसनीय फाइनलअघि सबै कुरा लियोनल मेस्सी र केलिएन एम्बाप्पेकै केन्द्रित थियो । तर, अन्तिमसम्म सबैको मुखमा एउटै नाम थियो – एमिलियानो मार्टिनेज ।

रोमान्चक, नाटकीय र भावनात्मक १२० मिनेट ३–३ गोलमा समाप्त भएपछि फुटबलको सबैभन्दा प्रतिष्ठित पुरस्कारको विजेता निर्धारण गर्नका लागि पेनाल्टी शुटआउटको आवश्यकता रह्यो । अर्जेन्टिनाका चारै जना खेलाडीले पेनाल्टीमा सहजै गोल गरे । मार्टिनेजले फ्रान्सको एक पेनाल्टी रोकिदिए ।

एम्बाप्पेले नियमित खेल अवधिमै पेनाल्टीबाट दुई गोल गरिसकेका थिए । त्यसैले फ्रान्सको पहिलो पेनाल्टीमा उनले गोल गर्नु आश्चर्यजनक थिएन । यद्यपी मार्टिनेजले एम्बाप्पेको पेनाल्टीमा सही अनुमान गरेका थिए । उनले हातले छोए पनि गोल रोक्न सकेनन् ।

त्यतिबेला देखि नै एष्टोन भिल्लाका यी गोलकिपरले अर्जेन्टिनाका लागि मुख्य स्थान लिए । उनले किंग्स्ले कोम्यानको पेनाल्टी रोक्न सही दिशा लिए । त्यसअघि फ्रान्सेली खेलाडीको ध्यान भंग गर्नका लागि उनले ‘माइन्ड गेम’ खेले ।

औरेलिन चोउवामेनी आफ्नो पालोमा पेनाल्टी प्रहारका लागि अगाडि बढे । उनी चर्को दवावले ‘भारी’ देखिन्थे । मार्टिनेजले रियल मड्रिडका यी मिडफिल्डरभन्दा टाढा बल फालिदिए, उनी बल लिन जानुपर्‍यो ।

लगातार विश्वकप जित्ने फ्रान्सेली सपना अन्त्य गरी २२ वर्षीय चोउमेनीको प्रहार बाहिरियो । मार्टिनेजको यो हर्कतलाई कुनै शब्दमा बयान गर्न सकिन्न तर, त्यसले अर्जेन्टिनाका लागि फाइदा भयो ।

त्यसपछि उनले यस्तो नृत्य देखाए जसले २०१६ एफए कप फाइनलमा म्यानचेस्टर युनाइटेडविरुद्ध गोल गरेपछि क्रिष्टल प्यालेसका प्रशिक्षक एलन परड्यूूलाई सम्झाइदियो । यसले अर्जेन्टिनालाई सन् १९८६ पछि पहिलोपल्ट विश्वकप जिताउन एक कदम अगाडि बढायो ।

फ्रान्सका कोलो मुआनीले गोल गरेपछि अर्जेन्टिनाको खुसीको क्षण धकेलियो । तर, सब्स्टिच्युड गोन्जालो मोन्टियलले गोल गरेपछि उनीहरुको खुसी सुरु भयो । ‘एमी मार्टिनेज एक निकै नै सकारात्मक व्यक्ति हुन् । उनले आफ्ना साथीहरुसँग भनिसकेका थिए कि म केहि पेनाल्टी रोक्नेछु,’ अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कालोनीले भने ।

बीबीसीका फुटबल विश्लेषक पनि अर्जेन्टिनाको जितमा मार्टिनेजको यो हर्कतले ठूलो भूमिका निभाएको छ । इंग्ल्याण्डका पूर्व मिडफिल्डर जर्मेन जेनास भन्छन्, ‘निशन्देह पेनाल्टी शुटआउटमा उनको मानसिकताले धेरै प्रभाव राखेको थियो । इंग्ल्याण्डकै पूर्व स्ट्राइकर एलर शेररले थपे, ‘उनी विपक्षीलाई कमजोर बनाउने प्रयास गरिरहेका थिए । बल प्रहार गरिरहेका थिए । खेलाडीहरुसँग कुरा गरिरहेका थिए र उनीहरुलाई सकेसम्म दबावमा ल्याउने प्रयास गरिरहेका थिए ।’

अतिरिक्त समयको अन्तिम सेकेण्डमा मोर्टिनेजले एउटा शानदार बचाउ नगरेको भए सायद खेलमा पेनाल्टी शुटआउटको आवश्यकता नै पर्ने थिएन । लिभरपुल डिफेण्डर इब्राहिमा कोनाटेको पासमा कोलो मुआनीको वान टू वान प्रहार उनले रोकेका थिए ।

यो मार्टिनेजले कतारमा गरेको शानदार बचाउमध्येको एक थियो । जसले उनलाई विश्वकपकै सर्वोत्कृष्ट गोलकिपरका रुपमा गोल्डेन ग्लभ्सको पुरस्कार दिलायो । राष्ट्रिय टिममा आफ्नो कम समयका बाबजुद मार्टिनेजको प्रभाव ठूलो छ । गत वर्ष डेब्यू गरेयता उनले अर्जेन्टिनालाई कोपा अमेरिका र अहिले विश्वकप दिलाउन महत्वपूर्ण सहयोग गरे ।

करिअरको सुरुवातमा धैर्य राख्नुपरेको थियो । मार्टिनेजले आर्सनलमा ८ वर्ष बिताए । ६ पटक लोनमा अन्य क्लबका लागि खेलेका उनले आर्सनलका लागि प्रिमियर लिगमा मात्र ११ खेल खेल्न पाए । दुई वर्षअघि एष्टोन भिल्लामा अनुबन्ध भएयता उनको स्तर आश्चर्यजनक रुपमा बढेको देखियो ।

‘मसँग यसका लागि कुनै शब्द छैन । म पेनाल्टी शुटआउटका क्रममा शान्त थिएँ र सबैकुरा यस्तै भयो जुन हामी चाहन्थ्यौं,’ मार्टिनेजले उपाधि जितेपछि भने, ‘मैले जुन सपना देखेको थिएँ, त्यो अब हासिल भएको छ ।’