काठमाडौं । विहीबार (आज) सम्पन्न राष्ट्रपतिको निर्वाचनमा रामचन्द्र पौडेल निर्वाचित भएका छन् । उनी गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति भएका छन् । पौडेलले नेकपा(एमाले)बाट उम्मेद्वार बनेका सुवासचन्द्र नेम्बाङलाई पराजित गर्दै राष्ट्रपति चयन भएका हुन् ।
पौडेलले ३३८०२ मतभार प्राप्त गर्दा उनका प्रतिस्पर्धी एमालेका सुवास नेम्वाङले १५५१८ मतभार प्राप्त गरे ।
पौडेलले संघतर्फ २१४ र प्रदेशतर्फ ३५२ सांसदको मत पाएका छन् । यसैगरी नेम्वाङले प्रदेशतर्फ १६२ र संघतर्फ ९८ सांसदको मत पाए । यस्तै पाँच मत भने बदर भएको छ ।
सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेललाई नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, जनमत, नागरिक उन्मुक्ति, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल समाजवादी पार्टीले समर्थन गरेका थिए ।
प्रतिक्रिया