काठमाडौं । मंगलबार सम्पन्न एसीसी कप क्रिकेट प्रतियोगितामा विजयी नेपाली क्रिकेट टीमका खेलाडीलाई जनही ६ लाख दिने सरकारले निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले खेलाडी र मुख्य प्रशिक्षकलाई जनही ६ लाख दिने निर्णय गरेको हो ।
सूचना तथा सञ्चारमन्त्री रेखा शर्माका अनुसार क्रिकेट टीमका अन्य अफिसियललाई जनही तीन लाख दिने निर्णय भएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानलाई अन्तराष्ट्रिय स्तरको बनाउन आगामी आर्थिक वर्षको बजेट विनियोजनमा विशेष प्राथमिकतामा राख्ने निर्णय भएको समेत बताइन् ।
प्रतिक्रिया