काठमाडौं । आफ्नै शुभद्रा मदन फाउण्डेशनबाट सञ्चालन भएको विद्यालयका छात्राहरुलाई यौन दुरव्यवहार गरेको आरोपमा कृषी विज्ञ मदन राई पक्राउ गर्नुभएको छ ।
राईलाई शुक्रबार दिउँसो फाउण्डेशनकै कार्यालयबाट गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी प्रमूख डिएसपी मञ्जिल मुकारुङले चिन्तनखबरलाई जानकारी दिनुभयो ।
अनुसार शुक्रबारविद्यालका छात्राहरुमाथि विगतदेखि यौनदुरव्यवहार गरेको उजुरीका आधारमा राईलाई पक्राउ गरिएको डिएसपी मुकारुङले बताए ।
राईमाथि लागेको आरोपबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
राई विगत लामो समयदेखि यौनको विषयमा खरो बोल्ने गर्नुहुन्थ्यो । उहाँ यौनका विषयमा खरो बोल्ने भएकाले सामाजिक सञ्जालमा भाइरलसमेत हुनुभएको थियो ।
प्रतिक्रिया