पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोशी प्रदेशमा हिक्मत सरकारमा राप्रपाले साथ कायमै राख्ने

नीति तथा कार्यक्रम ल्याउने बेलामा सरकार परिवर्तन गर्नु ठीक नभएको निष्कर्ष

चिन्तन खबर

काठमाडौं । केहिदिन अघि जनता समाजवादी पार्टी (जसपा)ले समर्थन फिर्ता लिएपछि कोशी प्रदेश सरकार ढाल्न नेकपा (माओवादी केन्द्र) लगायतमा गठबन्धन दलहरु हिक्मत कार्की नेतृत्वको सरकार ढाल्न र नयाँ सरकार बनाउन कस्सिएका छन् ।

तर, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले साथ दिईन्जेल हिक्मत सरकार ढाल्ने विषय गठबन्धन दलहरुलाई त्यति सजिलो पनि छैन ।

कोशी प्रदेश सरकारलाई माओवादीले दिएको समर्थन फिर्ता लिने नयाँ सरकार गठनमा अघि बढ्न् तयारी भएपछि अंक गणितले पनि नयाँ सरकार बन्न सजिलो नभएको एक नेताको भनाई छ ।

माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्वोले आफ्नै नेतृत्वमा कोशी प्रदेश सरकार गठनको तयारीमा रहेको बताउदै आएका छन् ।

सरकारलाई दिएको समर्थन फिर्ता लिने विषय र अर्को सरकार निर्माण गर्ने पक्षमा साथ दिन राप्रपा सहमत छैन । राप्रपाले वर्तमान एमाले नेतृत्वको सरकारलाईनै निरन्तरता दिने भएको छ । राप्रपाले सरकार परिवर्तनको विषयबारे नसोचेको प्रष्ट पारको छ ।

मुख्यमन्त्री हिक्मत कार्की, राप्रपा संसदीय दलका नेता तथा उद्योग कृषि तथा सहकारीमन्त्री भक्ति सिटौलासहितको छलफलमा कार्की नेतृत्वको सरकारको निरन्तरताको विकल्प नभएको निष्कर्ष निकालेको हो ।

बैठकमा राप्रपाका अरू प्रदेश सांसदसमेत सहभागी थिए । एमालेबाट प्रदेश मन्त्री, एमाले संसदीय दलका सचेतक र विराटनगरमा उपलब्ध केही प्रदेश सभा सदस्य सहभागी थिए । बैठकले बजेट नीति तथा कार्यक्रम ल्याउने बेलामा सरकार परिवर्तन गर्नु ठीक नभएको निष्कर्ष निकालेको हो ।

कोशी प्रदेश सरकारमा एमालेसहित राप्रपा, माओवादी सहभागी छन् । सत्ता साझेदार माओवादीलाई सोमबार सरकारलाई दिएको समर्थन फिर्ता गर्न माओवादी केन्द्रले निर्देशन दिइसकेको छ ।