Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
प्रथम अधिवेशनबाट उद्योग तथा ब्यवसायी महासंघ पाँचथरमा नयाँ नेतृत्व निर्वाचित « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

प्रथम अधिवेशनबाट उद्योग तथा ब्यवसायी महासंघ पाँचथरमा नयाँ नेतृत्व निर्वाचित

चिन्तन खबर

फिदिम । नेपाल उद्योग तथा ब्यवसायी महासंघ पाँचथर जिल्ला कमिटीको पहिलो अधिवेशनले सूर्यकुमार मगरको अध्यक्षतामा ३१ सदस्यीय जिल्ला कमिटी निर्वाचित गरेको छ । नवनिर्वाचित अध्यक्ष मगर महासंघ पाँचथरको तदर्थ समितिको सचिव हुनुहुन्थ्यो ।

शनिवार फिदिममा सम्पन्न भएको महासंघको प्रथम अधिवेशनबाट उपाध्यक्षमा रमेश बिसी, सचिवमा टाँसी शेर्पा, उपसचिवमा धनराम ढुङ्गेल, कोषाध्यक्षमा प्रतिमा पौडेल राना मगर र सहकोषाध्यक्षमा सुरेन राई निर्वाचित हुनुभएको छ । यस्तै एक महिला उपाध्यक्ष, राँके र रबि क्षेत्रका लागि एक÷एक उपसचिव पद रिक्त राखिएको महासंघका निवर्तमान अध्यक्ष चन्द्रप्रकाश काफ्लेले जानकारी दिनुभयो ।

समितिका सदस्यहरुमा राकेश नेम्बाङ, सन्तोष खड्का, रामचन्द्र पाण्डे, मानबहादुर लक्सम, कल्पना बर्देवा, रमेश भण्डारी, सम्झना बेघा, चन्द्रकुविर लिङ्देन, बिष्णु भट्टराई, भगेन्द्र तुम्बापो, मदन कालिकोटे, बेनु तिम्सिना, देउकुमारी मगर, अनन्त राई, महेन्द्र घिमिरे, दीनदयाल शाह, अमृत नेम्बाङ र लक्ष्मी अधिकारी निर्वाचित हुनुभएको छ ।

अधिवेशनको उद्घाटन कार्यक्रमलाई नेपाल उद्योग तथा ब्यवसायी महासंघका केन्द्रीय अध्यक्ष एवम् प्रतिनिधि सभा सदस्य लालप्रसाद साँवा (एलपी)को प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा पूर्वमन्त्री, प्रतिनिधि सभा सदस्य एवं नेकपा (एमाले)का केन्द्रीय सदस्य वसन्तकुमार नेम्बाङ, एमालेका केन्द्रीय कमिटी सदस्यद्वय अइन्द्रसुन्दर नेम्बाङ र श्रीप्रसाद जबेगू, एमाले पाँचथर जिल्ला कमिटी अध्यक्ष राजकुमार भण्डारी, कोशी प्रदेश सभाका पूर्व सदस्य आशारत्न जबेगू, पाँचथर उद्योग वाणिज्य संघका अध्यक्ष नवराज घिमिरे, नेपाल उद्योग तथा ब्यवसायी महासंघ कोशी प्रदेशका सचिव माधवराज थापा, राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य गणेश योङहाङ, नेपाल उद्योग तथा ब्यवसायी महासंघ फालेलुङका अध्यक्ष पुष्प तिम्सिना लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।