Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
गणतन्त्र विरोधी दुर्गा प्रसाईँ घरमै ‘नजर बन्द’ « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

गणतन्त्र विरोधी दुर्गा प्रसाईँ घरमै ‘नजर बन्द’

चिन्तन खबर

काठमाडों । मेडिकल व्यवसायी तथा गणतन्त्र विरोधी अभियन्ता दुर्गा प्रसाईंको घरलाई सुरक्षाकर्मीले घेरा हालेर राखेका छन्। प्रसाईं घर भक्तपुर पुगेर प्रहरीले वरपरबाट ठूलो संख्यामा घेरा हालेको छ।

आज शुक्रबार पनि प्रसाईंले तीनकुनेमा प्रदर्शन गर्ने बताएपछि उनलाई घरबाटसमेत निस्कन नदिई आफ्नै घरमा नजरबन्द गराउने उदेश्यसहित प्रहरीले घेरा हालेको उच्च स्रोतले जानकारी दियो।

‘आज उहाँको प्रदर्शनको कुनै ठाउँ तोकिएको छैन। प्रदर्शनका लागि बाहिर निस्कन नदिने हाम्रो रणनीति हो’ एक उच्च सुरक्षा अधिकारीले भने।

प्रसाईंले आजसमेत प्रदर्शन गर्ने बताएपछि प्रहरीले शाही युवा संघका अध्यक्ष पशुपति खड्कासहित पाँच जनालाई पक्राउ गरिसकेको छ। प्रसाईंको अगुवाईमा बिहीबार भएको प्रदर्शनमा पाँच प्रहरीसहित २८ जना घाइते भएका थिए।

नागरिक बचाउ अभियानका नाममा प्रसाईंले अराजक शैलीमा भाषण गर्नेदेखि प्रदर्शन गर्ने र गणतन्त्र फालेर राजा ल्याउनेसम्म बताउँदै आएका छन्। आज शुक्रबारसमेत प्रसाईंले तीनकुनेमा प्रदर्शन गर्ने बताएका छन्। यद्यपि जिल्ला प्रशासन कार्यालय काठमाडौंले भने प्रसाईंलाई प्रदर्शनका लागि अनुमति नदिइएको बताएको छ।