Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
पाँचथर गोल्डकपः टाइब्रेकरमा बागमती विजयी « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

पाँचथर गोल्डकपः टाइब्रेकरमा बागमती विजयी

चिन्तन खबर

फिदिम । पाँचथरको फिदिममा जारी चौथो पाँचथर गोल्डकप फुटवल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा बागमती युवा फुटवल क्लब सर्लाही विजयी भएको छ ।

टाइब्रेकरमा पथरी–११ फुटवल क्लब मोरङलाई ४–१ गोलअन्तरले पराजीत गर्दै सर्लाही सेमिफाइनलमा प्रवेश गरेको हो । सोमवार फिदिम माध्यमिक विद्यालयको खेलमैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीबाट निर्धारित समयमा गोल हुन नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो ।

टाइब्रेकरमा बागमतीका लागि निर्मल बल, अभि लामा, देवा गुरुङ र अनिल राना मगरले गोल गर्नुभयो । मोरङका भने निरोज परियारको प्रहार मात्रै गोल भएको थियो । मोरङका मञ्जिल खड्का र वडे ग्लोरीको प्रहार सर्लाहीका गोलरक्षक रौनक चौलागाईंले रोक्न सफल हुनुभयो ।

आजको खेलको उत्कृष्ट खेलाडी (म्यान अफ दी म्याच) समेत गोलरक्षक चौलागाईं नै घोषित हुँदै रु. पाँच हजार पुरस्कार प्राप्त गर्नुभयो ।

आजको खेलमा सुटआउट हिरोका लागि भाग्यचिठ्ठामार्फत दुई जना दर्शकले गोल गर्ने अवसर पाएपनि दुवैको प्रहार बाहिरिएको थियो । आज आकर्षक ढङ्गले समर्थन गरी फिदिम नगरपालिका–२ का टेकनाथ काफ्ले फ्यान अफ दी म्याच बन्न सफल हुनुभयो ।

प्रतियोगिताअन्तर्गत भोलि समूह चरणको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लब र हिल्स फुटवल एकेडेमी भारतवीच प्रतिस्पर्धा हुने आयोजक पाँचथर क्लबका सचिव योगराज सेढाईंले जानकारी दिनुभयो । पाँचथर क्लबले आयोजना गरेको यस प्रतियोगिताको विजेताले रु. पाँच लाख पाँच हजार तथा उपविजेताले रु. दुई लाख ५५ हजार पुरस्कार प्राप्त गर्नेछन् ।