पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिका–५ नम्बर वडा कार्यालय स्यावरुम्बाले विद्यार्थीलाई स्कुल पोषाक बितरण गरेको छ । वडाले चालु आर्थिक वर्ष २०८०/०८१ को रकम रु २ लाख ७५ हजार रुपैयाँबाट ६ विद्यालयका २ सय ६५ विद्यार्थीलाई स्कुल पोषाक बितरण गरेको हो । कक्षा १ देखि ५ कक्षासम्म अध्यायन गर्ने २ सय ६५ विद्यार्थीलाई स्कुल पोषाक बितरण गरिएको कुम्मायक–५ का वडाअध्यक्ष निर्मलराज घिमिरेले जनाए ।
शैक्षिक गुणस्तर सुधारको लागि शैक्षिक सामाग्री तथा पोषाक बितरण कार्यक्रम अन्तरगर्त सामुदायिक विद्यालयमा अध्यायन गर्ने विद्यार्थीहरुलाई स्कुल पोषाक बितरण गरेको घिमिरेको भनाइ छ । वडाले महेन्द्रदोय माविका ११८, गुह्येश्वरी निमाविका ३५, हिमालय आविका २५ जना त्यस्तै कागेश्वरी आवि ५५, देउराली आवि १३ र जनकल्याण आवि १९ गरी २६५ विद्यार्थीलाई स्कल पोषाक बितरण गरिएको वडा सचिव केशकुमार चेम्जोङ जानकारी दिए ।
प्रतिक्रिया