Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
कुम्मायकमा दादुरा रुबेला खोप संचालन हुने « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

कुम्मायकमा दादुरा रुबेला खोप संचालन हुने


पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिकामा दादुरा रुबेला खोप संचालन हुने भएको छ । राष्ट्रिय खोप कार्यक्रम अन्तरर्गत फागुन २३ देखी २७ गतेसम्म ५ वटै वडामा खोप संचालन हुन लागेको हो । गाउँपालिकाको स्वास्थ्य शाखाले पालिका स्तरीय खोप समन्वय समितिको अभिमुखीकरण कार्यक्रम मार्फत अभियान सुरु गर्न लागेको जनाएको छ ।

कार्यक्रमको सहजिकरण गर्दै जनस्वास्थ्य कार्यालय पाँचथरका जनस्वास्थ्य अधिकृत लवरेञ्ज शाह, स्वास्थ्य शाखा प्रमुख केदार खड्काले अभियानको विषयमा प्रकाश पारेका थिए । गाउँपालिकामा पाँच दिनसम्म संचालन हुने अभियान सफल पार्न सबै बर्ग र समुदायका नागरिकहरुलाई अभियानमा जोड्न गाउँपालिका अध्यक्ष बमप्रसाद लावतीले आग्रह गरे । लावतीले पालिकाबासीलाई दादुरा र रुबेला रोग बिरुद्धको खोप अभियान सफल र प्रभावकारी बनाउन स्वास्थ्यकर्मीलाई निर्देशन दिए ।

गाउँपालिकाले ९ महिनादेखि ५ वर्षमूनीका सबै बालबालिकाहरुलाई वडाका खोप केन्द्रमा दादुरा रुबेला खोप संचालन गर्न लागेको जनाएको छ । अभिमुखीकरण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष महेन्द्र बहादुर खड्का, प्रमुख प्रशासकीय अधिकृत गणेश अधिकारी, वडाअध्यक्ष, कार्यपालिका सदस्य, संघ सस्थाका प्रतिनिधि, शिक्षक, स्वास्थ्यकर्मी लगायतको सहभागिता रहेको थियो ।