काठमाडौं । नेकपा (एमाले) पाँचथर–काठमाडौं सम्पर्क मञ्चको एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । शनिबार मञ्चका अध्यक्ष दिनेश खतिवडाको अध्यक्षतामा एक दिने कार्यक्रम सम्पन्न भएको हो ।
पार्टीका पोलिटव्युरो सदस्य इश्वरी रिजाल र केन्द्रीय सदस्य तथा कोशी प्रदेश सम्पर्क कमिटीका प्रमुख नरेन्द्र श्रेष्ठले प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रममा केन्द्रीय सदस्य तथा पाँचथर जिल्ला इन्चार्ज अइन्द्र सुन्दर नेम्बाङ, केन्द्रीय सदस्य आशारत्न जबेगू, केन्द्रीय निर्वाचन आयोगका सदस्य कृष्ण आङदेम्बे, प्रदेश कमिटी सदस्यहरु करुना राई र धनकुमार फियाक, जिल्ला कमिटी सचिब पृथ्वि लावतीलगायतको उपस्थितिमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको अध्यक्ष खतिवडाले जानकारी दिनुभयो ।
सोहि अवसरमा सम्पर्क मन्चले गत जेठ महिनामा आयोजना गरेको अन्तरपालिका फुटसल प्रतियोगीताको पुरस्कार प्रायोजकहरु धिरेन थाम्सुहाङ, जय खापुङ, पदम योङ्हाङ तथा हेमराज रसाईलीलाई सम्मान गरिएको थियो।
प्रतिक्रिया