Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
हेर्नुहोस् आजको राशिफल (२०८१ साउन २९ गते मगंलबार) « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

हेर्नुहोस् आजको राशिफल (२०८१ साउन २९ गते मगंलबार)


वि. सं २०८१ साउन २९ गते मगंलबारको पुराणाचार्य ज्योतिर्विद दुर्गा प्रसाद ढकालबाट प्रस्तुत राशिफल ।

मेष  (चु, चे, चो, ला, लि, लु, ले, लो, अ )

आजको दिन राशी एवं नक्षत्रको हिसाबले निक्कै शुभ बन्ने देखिन्छ। मन संकल्पित काममा सफलता । वैदेशिक व्यापार एवं राजनीतिमा योगदान । विदेशी लगानीकर्तासँग सहकार्यको अवसर। प्रेम एवं वैवाहिक सम्बन्धमा सुमधुरता । शुभ अंक १ शुभ दिशा उत्तर शुभ रंग गुलावि

वृष  (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो )

मिश्रित फलदाता दिन । निजि व्यवसायमा लगानी गर्दा फाइदा हुने।सामाजिक कार्यक्षेत्रमा समय लगानी गर्नुपर्ने । वैदेशिक लगानीले प्रगतिको गति लिनेछ। घर परिवारमा समय दिन नसकेको गुनासो सुन्नुपर्ने हुनसक्छ । शुभ अंक ५ शुभ रंग कलेजी शुभ दिशा पुर्व।

मिथुन  (का, कि, कु, घ, ङ, छ, के, को, ह )

आर्थिक हिसाबले शुभ फलदाता दिन रहेको छ। धन संचय हुनेछ। परिवारमा मंगलिक कार्य हुने सुनिश्चित हुनेछ। फलाम तेल औषधीजन्य व्यवसायीहरुको मुनाफा वृद्धि एवं कार्यक्षेत्र विस्ताराको मौका मिल्नेछ।आजको इष्टदेव भैरव हुनुहुन्छ। आराधना पुर्वक दिनको आरम्भ गर्नुहोस।

कर्कट  (हि, हु, हे, हो, डा, डि, डु, डे, डो )

आर्थिक कारोबारको व्यस्ततामै दिन वित्ने देखिन्छ। खेलाडी ,सैन्य जवान , प्रहरी, र कुटनैतिक क्षेत्रका महानुभावहरुलाइ पदोन्नति तथा मान सम्मान र प्रतिष्ठा मिल्ने योग बनेको छ। यात्राको योग परेको छ । नयाँ सवारी साधनको खरिद तथा घर जग्गाको कारोबारको लागि समेत दिन शुभ मानिन्छ। शुभ अंक ८ शुभ रंग सेतो शुभ दिशा वायव्य ।

सिंह  (मा, मि, मु, मे, मो, टा, टि, टु, टे )

आज विजय प्राप्तिको योग परेको हुँदा निर्णय सदर हुनेछ। मुद्धा मामिलामा जित मिल्नेछ। राजनितिमा सफलता मिल्नेछ।भाग्यले साथ दिएको छ। वित्तीय कारोबार र उर्जा क्षेत्रसँग सम्बन्धित कामबाट मनग्ये लाभ होला। इष्ट देवता गणेश शुभ अंक ४ शुभ रंग रातो शुभ दिशा पुर्व।

कन्या  (टो, प, पि, पु, ष, ण, ठ, पे, पो )

भाग्यले साथ दिएको दिन हो। मनोरथ पूरा होला। वैदेशिक कार्यको लागि सुभ फलदाता नक्षत्र युक्त दिन परेको छ हुनाले लामो यात्राको पहल हुनेछ। ब्राम्हण मान्यजन एवं गुरुदेवको आशीर्वाद प्राप्त हुनेछ।भक्तिमा मन जानेछ।विछोडिएका पति पत्नीको पुनर्मिलको संयोग परेको छ। इष्ट देवता इन्द्रायणी।शुभदिशा आग्नेय शुभ रंग नौनी सेतो शुभ अंक ९ ।

तुला  (र, रि, रु, रे, रो, ता, ति, तु, ते )

दिनको पुर्वार्ध सामान्य । उत्तरार्ध हर्षबर्धक रहनेछ।भाग्यले साथ दिनेछ। शिक्षा सफल देखिन्छ । नयाँ नोकरी मिल्ने सम्भावना छ। प्रेम सम्बन्ध तथा विवाहको टुंगो लाग्नेछ। दिनको पुर्वार्धमा नसोचेको झमेला तथा मुद्दा मामिलामा फस्नु पर्ने हुनसक्छ परन्तु साथिभाइको सहयोगले समस्याबाट छुटकरा मिल्ला। इष्ट देवता दुर्गा ।शुभ दिशा पश्चिम।शुभ रंग नीलो शुभ अंक ७ ।

वृश्चिक  (तो , ना, नि, नु, ने, नो, या, यि, यु )

कर्म प्रधान दिन रहेको छ। व्यस्त रहनुपर्ला। आफ्नै निर्णयले आफैंलाइ लज्जित बनाउला। शत्रुको योजना सफल हुनसक्छ सचेत रहनुहोला।पती पत्नीको सल्लाह घातक सिद्ध होला ।वैदेशिक यात्रा हुनसक्छ। तेल फलाम ढुङ्गासँग संबंधित कामबाट फाइदा होला। इष्ट देवता सुर्य शुभ दिशा पुर्व शुभ रंग रातो शुभ अंक ५ ।

धनु  (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे )

थकित गराउनेवाला दिन। लग्नेश माथी सुर्यको अशुभ प्रभाव । शत्रुको डटेर सामना गर्नुपर्ने। चोटपटक तथा रोगको कारण खर्च गर्नुपर्ने। भाग्यको बल लामो समयदेखी रोकिएको काम बन्ने । माता पिताको सेवा गर्ने मौका मिल्ने।शैक्षिक क्षेत्रमा गरेको लगानी फलिभुत हुने। इष्ट देवता शिवजी शुभ दिशा इशान शुभ रंग पंहेलो शुभ अंक ११ वा २ ।

मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि )

प्रगतिकारक दिन।सन्तानको कारण मानसम्मान प्राप्ति ।उद्योग कल कारखानामा लगानी गर्नुपर्ने। लगानीले मुनाफाको गति लिने।राजनीति नोक्सान कारक हुनसक्ने। पति पत्नीमा झगडाको स्थिती हुनसक्ने। विपरित लिङ्गका मित्रहरुबाट सचेत रहनुपर्ने। नोकरी चिट्ठा तथा अकस्मात धन प्राप्तिको योग इष्ट देवता कुलदेवता शुभ दिशा दक्षिण शुभ रंग खराने शुभ अंक ७

कुम्भ  (गु, गे, गो, सा, सि, सु, से, सो, द )

समय राम्रो। गुमेको सम्पत्ती हात लाग्ने । आर्थिक लगानी नगर्नुहोस नोक्सान हुनसक्छ। गुप्त शत्रुबाट सचेत रहनुपर्ने ।विदेशी मित्रहरुसँग सहकार्य गर्ने मौका मिल्ने। संतानको कारण लज्जा बोध होला।गैरसरकारी निकायमा काम गर्ने मौका मिल्न सक्छ। इष्ट देवता कुबेर शुभ दिशा उत्तर शुभ रंग सेतो शुभ अंक ३ ।

मीन  (दि, दु, थ, झ, ञ, दे, दो, च, चि )

समय राम्रै । व्यर्थको परिश्रम गर्नुपर्ने । आय र व्ययको सन्तुलन रहने। नेत्र विकार सम्बन्धी स्वास्थ्य समस्या हुनसक्ने । संचित धनमा शत्रुको नजर रहने। प्रशासनिक सहयोग प्राप्त हुने। वाणीमा संयमता अपनाएको राम्रो जग्गा जमिन तथा वैंकिङ लगानीले प्रगतिको गति लिने।इष्ट देवता हनुमान।शुभ दिशा पश्चिम। शुभ रंग सिन्दुरे। शुभ अंक ४ ।