Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
चट्याङले लागेर विद्यालयबाट फर्कँदै गरेका बालकको मृत्यु, उनकै दाजु घाइते « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

चट्याङले लागेर विद्यालयबाट फर्कँदै गरेका बालकको मृत्यु, उनकै दाजु घाइते

चिन्तन खबर

फिदिम । पाँचथरमा चट्याङले लागेर विद्यालयबाट फर्कँदै गरेका बालकको मृत्यु भएको छ ।

जिल्लाको तुम्बेवा गाउँपालिका वडा नं.२ हुलाक टोलका डिल्लीराम तिम्सिनाका छोरा १५ वर्षीय दर्शन तिम्सिनाको आज ३ः१० बजे विद्यालयबाट घर फर्कने क्रममा चट्याङले लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायव उपरीक्षक हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिनुभयो ।

इन्द्राणी माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत बालक घर फर्कने क्रममा सोही गाउँपालिकाको वडा नं. ३ शहीद पार्क छेउ पुग्दा अचानक परेको चट्याङले लागेर घटनास्थलमै मृत्यु भएको हो । मृतकसँगै घर फर्कँदै गरेका उनका दाजु १७ वर्षका लभसन तिम्सिना चट्याङको झड्काले लागेर घाइते भएका छन् ।

बेहोस् भएका लभसनलाई स्वास्थ्य चौकी मौवामा प्राथमिक उपचार गरी थप उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको तुम्बेवा गाउँपालिका–३ का निवर्तमान वडाध्यक्ष कमल थापाले जानकारी दिनुभयो ।
घटनाको कानूनी प्रकृयाका लागि इलाका प्रहरी कार्यालय रबिबाट प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।