Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
कार्यसम्पादनमा तेह्रथुम प्रशासन कार्यालय प्रदेशकै उत्कृष्ट « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

कार्यसम्पादनमा तेह्रथुम प्रशासन कार्यालय प्रदेशकै उत्कृष्ट

चिन्तन खबर

तेह्रथुम । यस पटक कोशी प्रदेश भरमा जिल्ला प्रशासन कार्यलय तेह्रथुम प्रदेशकै उत्कृष्ट घोषित भएको छ ।

गृह मन्त्रालयले देशभरका प्रमुख जिल्ला अधिकारीसँग कार्यसम्पादन सम्झौता गरेअनुसार मूल्याङ्कनका आधारमा तेह्रथुम ९६ दशमलव आठ सय ७५ अङ्क प्राप्त गरी पहिलो भएको हो ।

जिल्लमा शान्ति, सुरक्षा र अपराध नियन्त्रण, सुशासन र सेवा प्रवाह, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, विकास निर्माण अनुगमन र समन्वयका आधारमा तेह्रथुमले उक्त अङ्क पाएको प्रमुख जिल्ला अधिकारी मीना अर्यालले बताउनुभएको छ ।

सोलुखुम्बु दोस्रो स्थान हासिल गरेको छ । धनकुटा ९५ दशमलव आठ सय ७५ अङ्क प्राप्त गर्दै कोशी प्रदेशमा तेस्रो भएको छ ।