काठमाडौं । कोशी प्रदेश सरकारले आज प्रदेशमा सार्वजनिक विदा दिएको छ ।
आदिवासी दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार विक्रम लुइँटेलले जानकारी दिनुभयो ।
३० औं अन्तर्राष्ट्रिय आदिवासी दिवसलाई उत्सवका रुपमा मनाउन प्रदेश भित्रका सरकारी कार्यालय, स्थानीय तह, सार्वजनिक संस्थान, प्रतिष्ठान र शैक्षिक संस्थामा बिदा दिने निर्णय भएको लुइँटेलले जानकारी दिए।
प्रतिक्रिया