पाँचथर–राष्ट्रिय प्रजातन्त्र पाटी कुम्मायक गाउँकार्य समितिले राप्रपा नेता स्व.बम बहादुर सम्बाहाम्फेको संझनामा शोक तथा श्रद्धाञ्जली सभा मनाएको छ । शनिवार राप्रपाको पाटी कार्यालय यासोकमा पूर्व सम्माननीय राजसभा सदस्य समेत रहेका सम्बाहाम्फेको संझनामा शोक सभा मनाएको हो ।
सम्बाहाम्फेको असामयिक निधनप्रति पाटीलाई ठुलो क्षति पुगेको भन्दै उहाँले दिएको योग्दानको स्मरण गर्दै तश्बिरमा माल्यार्णपण गरी शोक सभा मनाएको पाटीका कुम्मायक अध्यक्ष चन्द्र बहादुर लावतीले जानकारी दिनुभयो ।
राप्रपा क्षेत्रिय अध्यक्ष भीम बहादुर खत्रीले सम्बाहाम्फेको निधनले सिंगो पाटीलाई ठुलो क्षति पुगेको बताउनुभयो । खत्रीले सकृय राजनीतिबाट बिश्राम लिए पनि पाटी प्रतिको आस्था, भरोसा र बिश्वास सधै राख्ने उहाँको निधन प्रति गहिरो समवेदना प्रकट गर्नुभयो ।
स्व.सम्बाहाम्फेको १९८८ सालमा जन्म भई २०८१ भदौ ९ गते उपचारको क्रममा काठमाडौंमा निधन भएको थियो ।
प्रतिक्रिया