पाँचथर। पाँचथरको कुम्मायक गाउँपालिका केन्द्रको यासोक क्याम्पसले १८ औं वार्षिक उत्सव मनाएको छ । क्याम्पसमा एक कार्यक्रमको आयोजना गरी बिभिन्न कार्यक्रम सहित १८ औं वार्षिक उत्सव मनाएको हो । क्याम्पसले स्नातक तह पहिलोदेखि चौथो वर्षका उत्कृष्ट अंक ल्याई उर्तिण हुने तीन विद्यार्थी पुरस्कृत गरेको छ । शिक्षा र व्यवस्थापन संकायमा अध्यायन गर्ने पवन यक्सो, सुशिला चेम्जोङ र पवित्रा चोम्लागाइलाई जनही ५ हजार सहित पुरस्कृत गरिएको हो ।
सोही अवसरमा निवन्ध र हाजिरिजवाफ प्रतियोगिता समेत सम्पन्न भएको थियो । निवन्ध प्रतियोगितामा चार जना सहभागी मध्ये हिमा भण्डारी उत्कृष्ट प्रस्तुति दिदै प्रथम हुनुभएको छ । त्यस्तै हाजिरीजवाफ प्रतियोगिताको सहभागी प्रथम, दोस्रो र तेस्रो हुने विद्यार्थीहरुलाई समेत पुरस्कार बितरण गरेको यासोक क्याम्पसले जनाएको छ ।
बार्षिक उत्सवको अवसरमा आन्तरिक हिसाव परिक्षण उप–समिति संयोजक तथा संचालक समिति सदस्य राजकुमार क्षेष्ठको संयोजकत्वमा हिसाव परिक्षण गरिएको थियो । जसअनुसार क्याम्पसको आर्थिक वर्ष २०८०÷०८१ को कुल १ करोड ५५ लाख ८१ हजार २१८ रुपैयाँको आर्थिक कारोवार सहितको प्रतिवेदन क्याम्पस प्रमुख तिलबहादुर खवासले प्रस्तुत गर्नुभएको थियो । शिक्षा र व्यवस्थापन संकायमा पठनपाठन हुदै आएको क्याम्पसमा १३७ जना विद्यार्थी अध्यायनरत छन । शैक्षिक सत्र २०८१÷०८२ मा २ सय जना विद्यार्थी पु¥याउने लक्ष्य लिएको खवासको भनाइ छ ।
कार्यक्रममा प्रमुख अथिति गाउँपालिका उपाध्यक्ष महेन्द्र बहादुर खड्का, शिक्षा शाखा प्रमुख प्रदिप सिं तामाङ, कर्मचारी, शिक्षक, संघसस्थाका प्रतिनिधि विद्यार्थीहरुको सहभागिता रहेको थियो । कार्यक्रम कुम्मायक–१ का वडाअध्यक्ष तथा क्याम्पस संचालक समिति उपाध्यक्ष देबेन्द्रकुमार लावतीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
प्रतिक्रिया