काठमाडौं । राष्ट्रिय युवा संघ नेपाल, कुम्मायक गाउँपालिकामा नयाँ कमिटी गठन भएको छ । गाउँपालिका कमिटीको तेस्रो अधिवेशनबाट किरण सम्बाहाम्फेको नेतृत्वमा १५ सदस्यीय कमिटी सर्वसम्मत चयन गरिएको हो ।
कमिटीको अध्यक्षमा सम्बाहाम्फे, उपाध्यक्षमा धन कुमार शेर्मा, सचिवमा ठगेन्द्र चेम्जोङ, सह सचिवद्धय बिष्णु लिम्बू र उपेन्द्र लावतीसहित १५ सदस्यीय नयाँ कमिटी गठन गरिएको जिल्ला कमिटी सहसचि सुजन तुम्बापोले जानकारी दिनुभयो ।
राष्ट्रिय युवा संघ नेपाल स्थाई कमिटी सदस्य तथा कोशी प्रदेश कमिटी सह–इन्चार्ज गणेश योङहाङ प्रमुख आतिथ्यतामा सम्पन्न सम्पन्न उक्त अधिवेशनमा नेकपा एमाले पाँचथर जिल्ला कमिटी उपाध्यक्ष बिर बहादुर कुरूम्बाङ, जिल्ला सचिवालय सदस्य तारा लुइटेल, सल्लाहकार परिषदका अध्यक्ष राजकुमार श्रेष्ठ, जिल्ला सदस्य खगेन राई, पालिका अध्यक्ष मेघराज निरौलाको उपस्थिति थियो ।
त्यस्तै अधिवेशनमा राष्ट्रिय युवा संघ पांचथर जिल्ला अध्यक्ष मदन लावती, जिल्ला उपाध्यक्ष रितुवर्ण तुम्बापो, सह–सचिव सुजनसिं तुम्बापो, युथफोर्स नेता रोशन श्रेष्ठलगायतको उपस्थितीमा अधिवेशन सम्पन्न भएको हो ।
प्रतिक्रिया