पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिका–५ स्याबरुम्बामा संचालित प्रथम सृजनाहाङ युवा गोल्डकपको उपाधि आयोजक ‘बि’ स्याबरुम्बाले हात पारेको छ । बुधवार महेन्द्रदोय माविको खेलमैदानमा सम्पन्न भएको फाइनल खेलमा रानीगाउँ युवा क्लव बिरुद्ध २–० को जीत निकाल्दै सृजनाहाङ युवा सास्कृतिक क्लवले उपाधि हात पारेको हो । उपाधिको लागि आयोजको तर्फबाट शिशिर लिम्बू र लोकेन्द्र थापाले गोल गर्दै आयोजकलाई जित दिलाए ।
प्रतियोगिताको सुरुवाती समयको २१ औ मिनेटमा कर्नल किकको सदुपयोग गर्दै आयोजकका हेमन्त दर्नालले गरेको पासलाई सदुपयोग गर्दै शिशिर लिम्बूले सुन्दर गोल गरेका थिए । दोस्रो हार्फको अन्तिम समयमा लोकेन्द्र थापाले गोल गर्दै अग्रता दोब्बर बनाए ।
प्रतियोगिताको बिजेता आयोजक ‘बि’ ले नगद ५० हजार ट्रफि, मेडल र प्रमाण पत्र हात पारेको थियो । भने् उपविजेतामा खुम्चिएको रानीगाउँ युवा क्लवले नगद ३० हजार ट्रफि, मेडल र प्रमाण पत्र हात पारेको थियो । प्रतियोगिताको बिजेता र उपविजेता टोलीलाई कार्यक्रमका प्रमुख अथिति मदन चाम्लिङ र क्लबका अध्यक्ष बिबि कुमार चेम्जोङले पुरस्कार बितरण गर्नुभएको थियो ।
प्रतियोगिताको तर्फबाट सर्वोत्कृष्ट खेलाडी, शुसिल लावती, सर्वाधिक गोलकर्ता लोकेन्द्र थापा, राइजिङस्टार निश्चल बस्नेत, उत्कृष्ट गोलरक्षक सविन राई र बेष्ट डिफेण्डर बेगम गुरुङ घोषित भए । त्यस्तै रानीगाउँ युवा क्लबको तर्फबाट बेस्ट फरर्वड किसोर सम्बाहाम्फे र बेष्ट मिडफिल्डर निश्चल सम्बाहाम्फे घोषित हुदै नगद सहित ट्रफि, मेडल हात पारेका थिए ।
चाडपर्वको अवसरमा असोज १९ गतेदेखि २३ गतेसम्म संचालन भएको प्रतियोगितामा कुम्मायक र फाल्गुनन्द गाउँपालिकाका १२ टीमको सहभागीता रहेको आयोजक सृजनाहाङ युवा सास्कृतिक क्लवका अध्यक्ष बिबि कुमार चोम्जोङले जानकारी दिनुभयो ।
प्रतिक्रिया