फिदिम । आज समाज सुधारक किरात धर्मगुरु महागुरु फाल्गुनन्दको १४० औं जन्मजयन्ति मनाइदै छ । सो अवसरमा उनको योगदानको कदर गर्दै किराँती समुदायको बसोबास रहेको पूर्वी भेगका ताप्लेजुङ, तेह्रथुम, पाँचथर, इलाम, झापालगायतमा फाल्गुनन्द जयन्ती मनाउने गरिन्छ ।
आज फिदिममा पत्रकार सम्मेलन गर्दै किरात साङ्सेन वरक् चोत्लुङ माङ्हिम लब्रेकुटी र किरात धर्म तथा साहित्य उत्थान संघ पान्थरको आयोजनामा लब्रेकुटीमा पूजाआजासँगै जन्मजयन्ती गरि मनाइँदै छ ।
फाल्गुनन्द जयन्तीका अवसरमा कोशी प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।
सोहि अवसरमा फिदिम ५ लब्रेकुटीमा हाफ म्याराथन प्रतियोगिता हुँदै छ ।
लब्रेकुटी महागुरु फाल्गुनन्दको पावन कर्मभूमी हो।
लब्रेकुटीमा वर्षेनी फाल्गुनन्द जन्मजयन्ती मनाउने गरिएको छ।
कार्यक्रममा महागुरु फाल्गुनन्दसँग सम्बन्धीत विभिन्न दुर्लभ वस्तुहरुको दर्शन, पुस्तक विमोचन तथा शुभकामना आदान–प्रदान र दीप प्रज्ज्वलन गरिने किरात साङ्सेन वरक् चोत्लुङ माङ्हिमका सचिव सुवास तुम्बापो ‘काङसोरे’ले जानकारी दिनुभयो ।
प्रतिक्रिया