पाँचथर । राप्रपाका प्रवक्ता सगुन सुन्दर लावतीले प्राकृतिक प्रकोप पिडितलाई सहयोग हस्तान्तरण गरेका छन् ।
गत असोज ११ र १२ गतेको अविरल वर्षापछिको बाढी र पहिरोमा पाँचथरमा ज्यान गुमाएका र वेपत्ता भएका व्यक्तिका परिवारजनलाई लावतीले रकम सहयोग दिएका हुन् ।
राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको १४० औं जन्मजयन्तीको पावन अवसरमा लावतीले थुममाया तुम्बापो, सरसता तुम्बापो, गोपी विक, रंजना राई, प्रेमवि शेर्पा र डोल्मा शेर्पाका आफन्तलाई सहयोग हस्तान्तरण गरे । सो अवसरमा प्रदेश सांसद प्रेमराज थाम्सुहाङ, राप्रपा नेताहरु मानदेव केरुङ र राजकुमार जोशी, फिदिम नपा वडा नं १ का अध्यक्ष गजाधर भट्टराई, फिदिम नपा वडा नं ४ का अध्यक्ष उपेन्द्र लावती, समाजसेवी लोकेन्द्र आले र सुम्जिरी सुम्हात्लुङ अम्बेपज मन्दिर संरक्षण प्रतिष्ठानका अध्यक्ष दिलीप तुम्बापोको समेत उपस्थिति थियो ।
पाँचथरका प्राकृतिक प्रकोप पिडितलाई बुढानीलकण्ठ स्कूलका आफ्ना सहपाठी भूतपूर्व विद्यार्थीहरु लगायतका सहयोगीबाट उपलब्ध सहयोग हस्तान्तरण गरेको लावतीले जानकारी दिए ।
पाँचथरमा बाढी पैरोमा ठूूलो जनधनको क्षति भएको थियो । तीनवटा पुल बगाएको, सडक, विद्युत र खानेपानी संरचना क्षति भई सेवा अवरुद्ध भएको थियो भने १२० वटा घर पूर्ण र ३०३ घर आंशिक क्षति हुनुका साथै कराडौं बराबरको अन्नबाली, धनमाल क्षति भएको थियो ।
प्रतिक्रिया