फिदिम । खोल्साको सुन भनेर चिनिने अलैंचीको भाउ एक दशक पछि एक लाख प्रतिमनमा कारोबार सुरु भएको छ ।
अलैंची व्यवसायी महासंघ नेपालका केन्द्रीय अध्यक्ष निर्मल भट्टराईले अलैंचीको मूल्य एक लाख नजिक प्रतिमनमा कारोबार भएको बताउनुभएको छ ।
अलैची पूर्वी पहाडका इलाम, पाँचथर, ताप्लेजुुङ, तेह्थुम, धनकुटा, संखुवासभा लगायतका जिल्लामा अलैंची खेती हुने गरेको छ ।
अहिले राम्रो अलैंची एक लाख रुपैयाँमा कारोबार भएको छ । इलाममा आज भर्लाङ जातको अलैंची एक लाख रुपैँयामा कारोबार भएको इलाम उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण पौड्यालले बताउनुभयो ।
अलैंचीको मूल्य बढेसँगै कृषक उत्साहित बनेका छन् ।
मेची भन्सार कार्यालयको तथ्यांकअनुुसार चालु वर्ष २०८१–८२ को पहिलो तीन महिनामा सातसय ८३.७५ मेट्रिक टन अलैँची निर्यात भएको छ ।
प्रतिक्रिया