काठमाडौं । शिक्षामन्त्रीबाट राजीनामा दिएकी विद्या भट्टराईले मन्त्री क्वार्टर पनि छोडेकी छन् ।
सोमबार प्रधानमन्त्री केपी शर्मा ओली समक्ष राजीनामा बुझाएकी भट्टराईले लगत्तै भैंसेपाटीस्थित मन्त्री क्वार्टर छाडेर निजी निवासमा गएकी हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्री भट्टराईबिच आज दिउँसो छलफल भएको थियो । त्यससलगत्तै उनले राजीनामा दिएकी थिइन् ।
विगतदेखि नै प्रधानमन्त्री टसलमा रहेकी शिक्षामन्त्रीले शिक्षकहरूको आन्दोलन र उनीहरूका माग मुद्दा सम्बोधन गराउन नसकेपछि गत असार ३१ मा शिक्षा मन्त्रीमा नियुक्त भएकी भट्टराई राजीनामा दिन बाध्य भएकी हुन् ।
प्रतिक्रिया