पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कक्षा १२ को परिक्षा नरोक्ने बार्डको निर्णय

चिन्तन खबर

काठमडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा नसार्ने भएको छ । आज बसेको बोर्डको बैठकले वैशाख ११ गतेदेखि हुन लागेको परीक्षा नरोक्ने निर्णय गरेको हो ।

शिक्षक तथा विद्यालय कर्मचारीहरूको आन्दोलनका कारण कक्षा १२ को परीक्षा हुने वा नहुनेमा अन्योल थियो । त्यही अन्योलबिच बोर्डले परीक्षा नरोक्ने र तोकिएकै मितिमा गर्ने निर्णय गरेको हो ।

बोर्डले परीक्षा नरोक्ने निर्णय गरेपछि सरकारले निजामती कर्मचारी परिचालन गरेर भए पनि परीक्षा सञ्चालन गर्ने तयारी गरेको छ ।

बोर्ड अध्यक्ष डाक्टर महाश्रम शर्माले परीक्षा सञ्चालनमा सहयोग गर्न सबै पक्षलाई अनुरोध गर्ने निर्णय भएको जानकारी दिए ।