काठमाडौं । संघीय संसदको अधिवेशनको पहिलो दिन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।
सभामुख देवराज घिमिरेले बोलाएको कार्य व्यवस्था परामर्श समितिको बैठकमा संसदको पहिलो बैठकका कार्यसूचीहरूबारे छलफल भएको थियो। बैठकमा सत्ता पक्ष नेकपा (एमाले) का मुख्य सचेतक महेश बर्तौलाले संसदको पहिलो बैठकलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने सहमति भएको जानकारी दिनुभयो ।
प्रधानमन्त्री ओलीले जनताको माग, सडक आन्दोलनका विषयहरू तथा प्रतिपक्ष दलहरूले उठाएका सरोकारहरूलाई सम्बोधन गर्ने तयारी गरिएको बताइएको छ। नयाँ अधिवेशनको शुरुवातमा सरकारले लिने नीति तथा प्राथमिकताबारे प्रधानमन्त्रीको सम्बोधनमा स्पष्ट हुने अपेक्षा गरिएको छ।
प्रतिक्रिया