पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ताप्लेजुङ घटनाः चार सदस्यीय छानबिन समिति गठन, मन्त्रीको तत्काल प्रतिवेदन आदेश

चिन्तन खबर

काठमाडौं । ताप्लेजुङमा विद्युतीय तारमा अल्झिएर करेन्ट लागेर बोलेरोमा आगो लाग्दा चार जनाको ज्यान गएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले घटनाको छानबिनका लागि चार सदस्यीय समिति गठन गनुृभएको छ ।

घटना यही वैशाख ८ गते ताप्लेजुङ सदरमुकामबाट प्रसिद्ध धार्मिकस्थल पाथिभरा मन्दिरतर्फ जाँदै गरेको ना १ ज ३०११ नम्बरको बोलेरो फुङ्लिङ नगरपालिका–१० स्थित सेवारो चोकमा पुगेपछि भएको हो। बोलेरो गाडी सडकमा झुन्डिएको विद्युत् तारमा अल्झिएपछि आगलागी भएको र सो क्रममा चार जनाले ज्यान गुमाएका थिए।

ऊर्जा मन्त्रालयका अनुसार घटनाको यथार्थ छानबिन गर्न विद्युत् विकास विभागका सुपरिटेन्डेन्ट इञ्जिनियर नुतन प्रकाश शर्माको संयोजकत्वमा समिति गठन गरिएको हो। समितिमा मन्त्रालयका दुई जना प्रतिनिधि र पुल्चोक इञ्जिनियरिङ क्याम्पसका एक जना प्राविधिक प्रतिनिधि सदस्य रहनुभएको छ ।

घटनापछि गम्भीर चासो व्यक्त गर्दै मन्त्री खड्काले समितिलाई यथाशीघ्र अनुसन्धान गरी प्रतिवेदन पेश गर्न निर्देशन दिनुभएको हो ।