पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सरकार–शिक्षक वार्ता निष्कर्षविहीन, आन्दोलन कायमै

चिन्तन खबर

काठमाडौं — सरकार र नेपाल शिक्षक महासंघसँगबीच सिंहदरबारमा भएको वार्ता निष्कर्षविहीन बनेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तको उपस्थितिमा भएको वार्तामा शिक्षकहरूले आफ्ना मुख्य मागहरू दोहोर्याएका भए पनि मन्त्रालयले ठोस प्रतिक्रिया नदिएको शिक्षक प्रतिनिधिहरूले जनाएका छन्।

नेपाल विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गंगाराम तिवारीले औपचारिक छलफल भए पनि अहिले निकासमा नपुगेको जानकारी दिनुभएको छ ।

आन्दोलन तत्काल स्थगित नहुने स्पष्ट पार्दै उनले केही दिनभित्र समाधानको सम्भावना रहेको बताउनुभयो।

शिक्षकहरूले संसदमा विद्यालय शिक्षा विधेयक पेश गर्नुपर्ने, ग्रेडवृद्धि, मर्यादाक्रम जस्ता मुद्दामा मन्त्रिपरिषद्को निर्णय आवश्यक रहेको बताएका छन्।

शिक्षकहरूको आन्दोलन आज ८५औं दिनमा प्रवेश गरेको छ भने काठमाडौं केन्द्रित सडक प्रदर्शन २५ दिनदेखि जारी छ।

यसबीच सर्वोच्च अदालतले तीन दिनभित्र माग सम्बोधन गरी पठनपाठन सुचारु गर्न सरकारलाई आदेश दिइसकेको छ।