काठमाडौं – आइतबार काठमाडौँमा भएको झडपपछि नेपाल शिक्षक महासंघले आन्दोलनलाई थप चर्काउने घोषणा गरेको छ। महासंघले शिक्षकमाथि भएको भनिएको ‘क्रूर दमन’को प्रतिकारस्वरूप आन्दोलनको दायरा बढाउँदै सबै शिक्षक र शिक्षा सरोकारवालालाई काठमाडौँमा भेला हुन आह्वान गरेको छ।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले सोमबार एक विज्ञप्ति जारी गर्दै भनेका छन्, “शान्तिपूर्ण आन्दोलनमा रहेका शिक्षक कर्मचारीमाथि भएको अमानवीय व्यवहारको हामी कडा विरोध गर्छौँ। हामी सबै पेसागत संस्था, आम शिक्षा सरोकार समूह तथा आम नेपाली नागरिकहरूलाई यो अन्यायविरुद्ध एकजुट हुन अपिल गर्दछौँ।”
उहाँले थप स्पक्ष्ट पार्नुभयो , “अग्रगामी विद्यालय शिक्षा ऐन लागू नगरी हामी शिक्षककर्मचारीहरू आफ्ना कार्यक्षेत्रमा फर्कनेछैनौँ। यो अन्यायको प्रतिकार गर्न देशभरका शिक्षक९कर्मचारीहरू अनिवार्य रूपमा काठमाडौँ आइ आन्दोलनमा सहभागी हुनु जरुरी छ।”
शिक्षकहरूको मागमा विद्यालय शिक्षा ऐनको शीघ्र कार्यान्वयन प्रमुख रूपमा उठाइएको छ। हालसम्म सरकार पक्षबाट औपचारिक प्रतिक्रिया आउन बाँकी रहेको छ।


 
                                 
 



 
                     
                     
                     
                     
                     
                     
                     
                    
प्रतिक्रिया