पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

रत्नपार्कमा राप्रपाको विरोध सभाः सबै राजाबादी एक ठाउँ हुँदै

चिन्तन खबर

काठमाडौं । राप्रपा नेपालले सोमबार आयोजना गर्न लागेको जनप्रदर्शन रत्नपार्कस्थित शान्ति बाटिकामा हुँदैछ । पार्टीका महामन्त्री राजाराम बर्तौलाले आइतबार साँझ प्रेस नोट जारी गर्दै कार्यक्रमस्थल परिवर्तन गरिएको जानकारी दिनुभएको हो ।

चैत्र १५ मा तिनकुनेमा भएको घटनापछि पक्राउ परेकाहरूको रिहाइ र राजसंस्थाविरुद्ध तथा धर्मनिरपेक्षता सम्बन्धी प्रस्तावित कानुनको विरोधमा आयोजना गरिएको यो जनप्रदर्शनको तयारी अन्तिम चरणमा पुगेको महामन्त्री बर्तौलाले जनाउनुभएको छ ।

उहाँबा अनुसार कार्यक्रम राष्ट्रिय झण्डाका साथ सञ्चालन हुनेछ। राप्रपाले समान विचार भएका दल, समूह, अभियान, संघ–संस्था र व्यक्तिहरूलाई सहभागी हुन पत्राचार गरिसकेको छ। बर्तौलाले सबै पक्षबाट सकारात्मक प्रतिक्रिया र साथ पाएको भन्दै पार्टी उत्साहित रहेको बताए।

पार्टी अध्यक्ष कमल थापाले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी, राष्ट्रिय शक्ति नेपालका अध्यक्ष केशरबहादुर विष्ट लगायतसँग समन्वय गरेका छन्। राष्ट्र बचाउ अभियान, नेपाली कांग्रेस (बीपी), शिव सेना नेपाल लगायतका संगठनसँग पनि सहकार्य भइसकेको जनाइएको छ।

पार्टीका सम्पूर्ण संरचना परिचालित भइसकेको र भातृ संगठनहरू पनि सक्रिय रहेको जानकारी दिँदै बर्तौलाले कार्यक्रममा अनावश्यक घुसपैठ नहोस् भनेर स्वयंसेवकको व्यवस्था गरिएको बताए। कार्यक्रमपछि सरसफाइका लागि भातृ संगठन समन्वय विभागले टिम गठन गरिसकेको समेत पार्टीले जानकारी दिएको छ।