पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

करेन्ट लागेर एक जनाको मृत्यु

चिन्तन खबर

काठमाडौं । करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

बुटवल उपमहानगरपालिका–११ न्यू दुर्गा नगर बस्ने ३० वर्षीय दिपक सुनारको करेन्ट लागेर बिहीबार दिउँसो मृत्यु भएको हो ।

सोही ठाउँस्थित कुलोमा विद्युतीय मोटर लगाई पानी तान्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।