काठमाडौं । नेपाली बजारमा आइतबार सुन र चाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा ३ हजार ७०० रुपैयाँले घटेको हो।
गिरावटसँगै सोमबार छापावाल सुन प्रतितोला १ लाख ८६ हजार ८०० रुपैयाँमा कारोबार भएको छ। अघिल्लो दिन यो मूल्य १ लाख ९० हजार ५०० रुपैयाँ थियो।
यसैगरी, चाँदीको मूल्य पनि १० रुपैयाँले घटेर प्रतितोला १ हजार ९६० रुपैयाँमा झरेको छ।
प्रतिक्रिया