पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मदन लावतीको अध्यक्षतामा राष्ट्रिय युवा संघ नेपाल पाँचथरको ४१ सदस्यीय नयाँ कमिटी चयन

चिन्तन खबर

फिदिम । राष्ट्रिय युवा संघ नेपाल पाँचथरको आठौं अधिवेशनले पुनः मदन लावतीको अध्यक्षतामा ४१ सदस्यीय नयाँ जिल्ला कमिटी निर्वाचित गरेको छ।

फिदिममा शुक्रबारसम्पन्न अधिवेशनबाट ऋतुवर्ण तुम्बापो उपाध्यक्ष, सुजन तुम्बापो सचिव, इल्लु मेन्याङ्बो र बेताब जबेगू सहसचिव तथा मनिला शेर्पा कोषाध्यक्षमा चयन हुनुभएको छ ।

राष्ट्रिय युवा संघ नेपालका स्थायी कमिटी सदस्य गणेश योङहाङका अनुसार, अध्यक्ष मदन लावती र उपाध्यक्ष ऋतुवर्ण तुम्बापो अघिल्लो कार्यकालकै जिम्मेवारीमा पुनः निर्वाचित भएका हुन्। यसअघि सहसचिव रहेका सुजन तुम्बापो यसपटक सचिवमा निर्वाचित भएका छन्।

अधिवेशनको उद्घाटन कार्यक्रममा युवा संघ नेपाल स्थायी कमिटी सदस्य तथा कोशी प्रदेश कमिटी सहइन्चार्ज गणेश योङहाङ, राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबे, नेकपा (एमाले) स्थायी कमिटी सदस्य भानुभक्त ढकाल लगायत पार्टीका कोशी प्रदेश र जिल्ला स्तरका नेताको उपस्थिति थियो ।