पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कुम्मायक गोल्डकपको च्याम्पियन हिलिहाङ


यासोक । पाँचथरको कुम्मायक गाँउपालिकामा जारी छौटौ पालिका स्तरीय कुम्मायक गोल्डकपको च्याम्पियन हिलिहाङ गाउँपालिका बनेको छ ।

यासोक स्थित श्री पृथ्वी मा.बि को खेल मैदानमा सम्पन्न भएको छैटौ संस्करणको कुमायक गोल्ड कपको फाइनल खेलमा म्याङ्लुङ नगरपालिका(तेह्रथुम)लाई ट्राइबेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै हिलिहाङले उपाधी जितेको हो ।

प्रतिस्पर्धात्मक र रोचक फाइनल खेलको निर्धारित समयमा ३–३ गोलको बराबरी भएपछि खेल ट्राइब्रेकरमा धकेलिएको थियो । ट्राइब्रेकरमा हिलिहाङले पाएको सबै अवसरलाई सदुपयोग गर्दा तेह्रथुमको तर्फबाट भने एउटा प्रहार बाहिरिएको थियो । यो सँगै हिलिहाङले गाउँपालिकाले पहिलो पटक कुम्मायक गोल्डकपको उपाधी उचालेको छ ।

उपाधि उचालेको हिलिहाङले नगद १ लाख २५ हजार ५५५ रुपैयाँ सहित चाँदीको ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । भने उपबिजेता बनेको म्याङलुङ नगरपालिका तेह्रथुमले नगद ७५ हजार ५५५ रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको थियो ।

प्रतियोगिताको बिजेत र उपबिजेता टोलीलाई कार्यक्रमका प्रमुख अथिति म्याङलुङ नगरपालिकाका प्रमुख सञ्जयकुमार तुम्बाहाम्फे, कुम्मायक गाउँपालिका अध्यक्ष वंम प्रसाद लावती र क्षमादेवी कन्ट्रक्सन प्रालिका प्रतिनिधि गोपाल थापाले पुरस्कार बितरण गरेका थिए प्रतियोगिताको उत्कृष्ट खेलाडी हिलिहाङका मदन माझी, प्लेयर आर्फद टुनामेण्ट निरोज तामाङ, बेष्ट मिडफिल्डर बिपल तामाङ घोषित भए ।

त्यस्तै बेष्ट कोच गजेन राई, बेष्ट डिफेन्डर प्रकाश धमला, बेष्ट गोलरक्षक बाबा सुहाङ घोषित हुदै नगद सहित ट्रफि हात पारे । त्यसैगरी म्याङलुङ नगरपालिकाको तर्फबाट बेष्ट फरर्वड सन्दिप गुरुङ, हाइस्कोलर बिशाल काफ्ले र हिलिहाङका निरोश लिङ्देन घोषित हुदै नगद सहित ट्रफि हात पारे ।

जेठ २ गतेदेखि ५ गतेसम्म संचालन भएको प्रतियोगितामा पाँचथरका सात र तेह्रथुमको एक पालिका सहित आठ स्थानीय तहको सहभागीता आयोजक कुम्मायक स्पोर्टिङ क्लवका अध्यक्ष खेमराज निरौलाले जानकारी दिए ।