पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

साताको पहिलो दिन नेप्से परिसूचक ओरालो, ओम मेघाश्रीको सेयर सर्किटमा

चिन्तन खबर

काठमाडौं ।  आइतबार, साताको पहिलो कारोबार दिन, नेप्से परिसूचक एकल अंकले घटेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ८.५७ अंकले घटेर २,६७९.९८ विन्दुमा अडिएको छ। यस्तै, सेन्सेटिभ इन्डेक्स १.४६ अंकले घटेर ४५६.४६ विन्दुमा पुगेको छ।

यसदिन ३१४ स्क्रिप्टमा कूल १ करोड ८५ लाख ५ हजार ७७१ कित्ता सेयर कारोबार भएका छन्। कुल कारोबार रकम ७ अर्ब ६० करोड ९५ लाख ४२ हजार २१२ रुपैयाँ पुगेको छ।

सेयर बजार समग्रमा ओरालो लाग्दा पनि ओम मेघाश्री फर्मास्युटिकल्सको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लेभलमा पुगेको छ। अर्कोतर्फ, सिन्धु विकास बैंकको सेयर सर्वाधिक ८.२८ प्रतिशतले घटेको छ।

कारोबार रकममा राधी विद्युत अग्रणी

कारोबार रकमको आधारमा राधी विद्युत कम्पनी शीर्ष स्थानमा रह्यो। कम्पनीको ७१ करोड ४९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भयो। युनिभर्सल पावरले ३० करोड, नगदी ग्रुपले २९ करोड, युनाइटेड मोदी हाइड्रोपावरले २८ करोड र हिमालयन पावर पार्टनरले २१ करोड रुपैयाँ बराबरको सेयर कारोबार गरे।

उपसूचकमा व्यापक गिरावट

कारोबारमा आएका ३१४ स्टकहरूमध्ये ९९ कम्पनीको सेयर मूल्य बढ्दा १४८ वटाको घटेको छ। एक कम्पनीको मूल्य स्थिर रह्यो। दुई समूहबाहेक अन्य सबै समूहको उपसूचक नकारात्मक देखिएको छ।

यसदिन माइक्रोफाइनान्स समूहको सेयर सर्वाधिक २.३२ प्रतिशतले उकालो लागेको छ।