काठमाडौं । तत्कालीन सभामुख कृष्ण बहादुर महरामाथि बलात्कारको आरोप लगाउने रोशनी शाही मृत अवस्थामा फेला पर्नुभएको छ ।
शाही आइतबार (११ जेठ) भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित वृहस्पति मार्गमा डेरा गरी बस्दै आएको कोठाभित्रै मृत फेला पर्नुभएको हो ।
जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी ढुण्डिराज नेउपानेले मृत्यु पुष्टि गर्दै घटनास्थलमा प्रहरी टोली खटिएको जानकारी दिनुभएको छ ।
प्रहरीका अनुसार उनी कोठामा एक्लै बस्दै आउनुभएको थियो । उहाँका श्रीमान् विराटनगरमा कार्यरत रहेको र घटनापछि काठमाडौँ आउँदै हुनुहुन्छ ।
चर्चित आरोप, राजनीतिक तहल्का
२०७६ साल असोजमा रोशनी शाहीले तत्कालीन सभामुख कृष्णबहादुर महरामाथि आफूमाथि बलात्कार प्रयास गरेको आरोप लगाएकी लगाउनुभएको थियो । शाही संसद सचिवालयमा कार्यरत हुनुहुन्थयो ।
उहाँले आरोप लगाउनुभएको थियो कि महरा मादक पदार्थ सेवन गरी आफू बसोबास गरिरहेको कोठामा आएर जबरजस्ती गर्ने प्रयास गरेका थिए। आरोप सार्वजनिक भएलगत्तै महराले सभामुख पदबाट राजीनामा दिनुभएको थियो र प्रहरीले उहाँलाई पक्राउ गरेको थियो।
मुद्दाको मोड
घटना पछि कानुनी प्रक्रिया अघि बढ्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा पुग्यो। तर, अदालती बयानको क्रममा शाहीले आफ्नो प्रारम्भिक आरोप फेरेकी फेर्नुभएको थियो । यसपछि मुद्दा निर्णायक मोडमा पुगेको थियो।
२०७६ फागुनमा काठमाडौं जिल्ला अदालतले महरालाई निर्दोष ठहर गर्दै रिहा गर्ने फैसला सुनाएको थियो।
रोशनी शाहीको मृत्युको कारण खुल्न बाँकी छ। प्रारम्भिक अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। शव पोष्टमार्टमका लागि पठाइएको छ।
यो घटनाले केही वर्षअघि देशभरि तरंग ल्याएको चर्चित मुद्दालाई पुनः स्मरण गराएको छ। प्रहरीले विस्तृत विवरण छानबिनपछि सार्वजनिक गर्ने जनाएको छ।
प्रतिक्रिया