पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सम्झना भट्टराईको श्रीमानको कुटपिटपश्चात मृत्यु, श्रीमान लिङ्देन पक्राउ

चिन्तन खबर

पाँचथर । पाँचथरको याङवरक गाउँपालिका–५ दाहाल गाउँकी ४० वर्षीया सम्झना भट्टराईको उपचारको क्रममा मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार भट्टराईलाई उहाँकै श्रीमान् कृष्ण लिङदेनले घरायसी विवादका क्रममा कुटपिट गरेका थिए।

मिति २०८२ साल वैशाख ३ गते राति ३ः०० बजे कुटपिटबाट घाइते हुनुभएकी सम्झनालाई वैशाख ८ गते जिल्ला अस्पताल फिदिममा भर्ना गरिएको थियो। बाहिरी चोट सामान्य देखिए पनि एक्स–रे गर्दा आन्द्रामा गम्भीर चोट देखिएको र अवस्था गम्भीर बन्दै गएपछि थप उपचारका लागि उहाँलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएको थियो।

धरानमा उपचारको क्रममा जेठ ११ गते राति १२ः२० बजे उहाँको मृत्यु भएको पुष्टि अस्पताल स्रोतले जनाएको छ।

श्रीमान् कृष्ण लिङदेनलाई धरानस्थित प्रतिष्ठानबाट नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय धरान, सुनसरीमा राखिएको प्रहरीले जानकारी दिएको छ।