पोखरा । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालको अध्यक्षमा क्षितिज थेबे पुनः विजयी हुनुभएको छ । मंगलबार पोखरा सभागृहमा सम्पन्न निर्वाचनमा थेबेले प्रतिस्पर्धी सुमन पुरीलाई पराजित गर्दै दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
निर्वाचनमा थेबेले ७९६ मत प्राप्त गर्नुभयो भने अर्का उम्मेदवार पुरीले ६०८ मत ल्याउनुभयो। थेबे १८८ मतको स्पष्ट अन्तरले विजयी हुनुभयो।
योसँगै थेबे पुनः संघको नेतृत्वमा दोहोरिएका हुन् ।
दोस्रोपटक अध्यक्षमा निर्वाचित हुँदै उहाँले संगठनलाई थप सशक्त बनाउने प्रतिबद्धता जनाउनुभएको छ।
प्रतिक्रिया