पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

शानदार समारोहसहित गणतन्त्र दिवस मनाइदै

चिन्तन खबर

काठमाडौं । गणतन्त्र स्थापनाको १७औँ वार्षिकोत्सवका अवसरमा देशभर मंगलबार गणतन्त्र दिवस–२०८२ भव्य रूपमा मनाइएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहले राष्ट्रिय गौरव र एकताको प्रतीकका रूपमा गणतन्त्रको महत्व पुनः स्मरण गरिएको हो ।

टुँडिखेलमा गणतन्त्र दिवस मूल समारोह आयोजना भइरहेको छ ।

समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानसेनापति, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, सरकारका मन्त्रीहरु, सांसदहरु, उच्चपदस्थ कर्मचारी, कूटनीतिक नियोगका प्रतिनिधिहरु सहभागी हुनुहुन्छ ।

राष्ट्रपति पौडेलले गणतन्त्रलाई संस्थागत गर्दै लोकतन्त्र, मानव अधिकार र समावेशी शासन प्रणालीको संरक्षणमा सबै नागरिक एकजुट हुनुपर्ने बताउनुभयो । गणतन्त्र दिवसले नेपालको इतिहासमा राजतन्त्रको अन्त्य र जनताको शासन व्यवस्था स्थापनाको ऐतिहासिक उपलब्धिलाई स्मरण गराउँछ।

विद्यालय, सरकारी कार्यालय तथा स्थानीय तहमा विविध कार्यक्रमहरूसमेत गरि गणतन्त्र दिवस मनाइएको छ ।