यासोक । पाँचथरको यासोक–रानीगाउँ सडक खण्डमा जथाभावी रूपमा गोलिया थुपारिँदा सवारी सञ्चालनमा असहजता देखिएको छ।
कुम्मायक गाउँपालिका–४ अन्तर्गत तिङ्देन सडकमा सडककै बीच भागमा गोलिया थुपारिएकाले यातायात व्यवसायीले गाडी चलाउन कठिनाइ भएको गुनासो गरेका छन्।
सडक मापदण्डअनुसार कालोपत्रे सडकको कम्तीमा तीन मिटरभन्दा बाहिर गोलिया राख्नुपर्ने प्रावधान रहे पनि सो मापदण्ड विपरीत सिधै सडकमा गोलिया थुपारिएको पाइएको हो।
त्यस्तै, कुम्मायक गाउँपालिका–३ को वडा कार्यालय सेपेनीतर्फ जाने सडक खण्डमासमेत त्यसतै समस्या देखिएको छ। स्थानीयवासी तथा यातायात व्यवसायीले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।
प्रतिक्रिया