काठमाडौं। राजसंस्थाको पुनःस्थापनाको माग गर्दै जारी राजावादी आन्दोलन आज चौथो दिनमा प्रवेश गर्दा प्रहरीले कडाइका साथ हस्तक्षेप गरेको छ। बालुवाटारतर्फ जुलुस लिएर अघि बढ्न खोजेपछि प्रदर्शनकारीमाथि प्रहरीले धरपकड गर्दा राप्रपा नेपालका अध्यक्ष कमल थापा लछारपछार पारिँदै पक्राउ पर्नुभएको छ ।
प्रत्यक्षदर्शीहरूका अनुसार प्रहरीले थापालाई जमिनमा घिसार्दै नियन्त्रणमा लिएको हो। पक्राउको क्रममा थापाले ‘भ्रष्ट सरकार मुर्दावाद’ भन्दै नारा लगाउनुभएको थियो ।
पक्राउ परेकाहरूमा अध्यक्ष थापासँगै राप्रपाका नेतृ शिला राणा, राकेश बस्नेत, रामचन्द्र लामिछाने, विनोद कपाली र सरोज तिमिल्सिना पनि रहनुभएको छ ।
काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्व अधिकारीले शान्ति सुरक्षा कायम गर्न केही व्यक्तिहरूलाई नियन्त्रणमा लिएको जानकारी दिनुभयो।
उहाँका अनुसार आन्दोलनले सार्वजनिक शान्ति र सुरक्षामा असर पु¥याउने देखिएपछि प्रहरीले कदम चाल्नुपरेको हो।
प्रतिक्रिया